दक्षिण कोरिया । स्मार्टफोन कम्पनी सामसुङले प्रयोगकर्ताहरुलाई स्मार्टफोन भाडामा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । युरोपेली मुलुक जर्मनीले सामसुङले स्मार्टफोन भाडामा दिने कार्यक्रमको घोषणा गरेपछि ग्रोभर कम्पनीसँगको सहकार्यमा सामसुङले उक्त कार्यक्रम सुरु गरेको हो ।
सो कार्यक्रम अन्तर्गत प्रयोगकर्ताले १, ३, ६ तथा १२ महिनाका लागि सामसुङ डिभाइस भाडामा लिन पाउने भएका छन् । रिपोर्ट अनुसार रेन्टल सर्भिसको उक्त सुविधा प्राप्त गर्न चाहने प्रयोगकर्ताहरुले सामसुङको अफिसियल स्टोरबाट ग्यालेक्सी एस २० मोडेल छनोट गर्नुपर्नेछ ।त्यसपछि ग्राहकलाई ग्रोभर कम्पनीमा पठाइन्छ र उल्लेखित फोन तोकिएको अवधिका लागि भाडामा लिन सक्ने छन् ।
अनि ग्रोभरले नै ग्राहकलाई मोबाइल फोन भाडामा उपलब्ध गराउनेछ । उक्त स्किम अन्तर्गत १२८ गिगाबाइटको ग्यालेक्सी एस२० फोन भाडामा लिनका लागि कूल भाडा अवधि हेरी मासिक ५९.९० युरो तिर्नुपर्नेछ । कूल भाडा अवधि जति धेरै भयो मासिक शुल्क पनि कम पर्नेछ । त्यस्तै ग्यालेक्सी एस २० को मासिक भाडादर अधिकतम ९९.९० तथा न्यूनतम ४९.९० युरो रहेको छ ।
