भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्याङ्जामा शिशुसहित १६ प्रहरीमा भेटियो कोरोना

स्याङ्जामा शिशुसहित १६ प्रहरीमा भेटियो कोरोना

१४ साउन २०७७ स्याङ्जा । स्याङ्जामा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । २८ महिने बालकसहित १६ जना प्रहरीमा संक्रमण भेटिएको हो । पुतलीबजार, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुतलीबजारका ४२, ३१, ३३, ३२, ३३, २८, ३२, ३४, २५, २५, २२, २४, २७, ३३, ३२, २८, २५ वर्षीय पुरुष र २८ महिने एक बालकसहित ५७ र २३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले जनाएको छ । यसैगरी, अर्जुनचौपारीका २७, २५, ३३ र ३५ र वालिङका २७ वर्षीय पुरुष गरी २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रहरी कर्मचारीका बच्चा सहित १६ जना, थुनुवा १ र पुतलीबजारको क्वारेन्टाइनमा बसेका २ जना रहेका छन् । अर्जुनचौपारीका चार जना मध्ये एक जना एम्बुलेन्स चालक हुन भने अन्य भारबाट आइ क्वारेन्टाइनमा बसेका हुन ।
थपिएका संक्रमितलाई भीरकोटस्थित कालिका सामुदायिक अस्पतालमा र अन्यलाई करेण्डाडा स्वास्थ्य चौकी र वालिङमा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.