काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गरे पनि सभामुख घिमिरेले सिंहलाई समय नदिएपछि त्यसको बिरोधमा उनी गञ्जी र सर्ट फुकालेर अर्धनग्न बन्दै बिरोध गरेका हुन ।
अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी दिइएको छ । सिंह सर्लाहीबाट निर्वाचित सांसद हुन । सांसद सिंह संसद बैठकमै अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए ।
सभामुख घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरेका थिए भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरेका थिए ।
