भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

स्वस्थ र मस्त रहन हेटौडामा अमृत अर्थात सोम साधना सम्पन्न

स्वस्थ र मस्त रहन हेटौडामा अमृत अर्थात सोम साधना सम्पन्न

हेटौडा । मकवानपुरको हेटौडामा बुद्ध जयन्तीको अवसरपारेर हिमालयन सिंगिङ बल साधना सम्पन्न भएको छ । मकवानपुरको हेटौडास्थित नारायणी मलमा रहेको कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर हिमालयन सिंगिङ बल साधना भएको हो ।स्वस्थ र मस्त रहन हेटौडामा अमृत अर्थात सोम साधना सम्पन्न

कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिका सस्थापक सुजन श्रेष्ठले हेटौडाबासीलाई स्वस्थ र मस्त बनाउन डान्स र फिट्नेसका कार्यक्रमहरु आयोजना गरेको जानकारी दिए । उनले स्वस्थ नागरिक बनाउन योग, डान्स र फिट्नेसले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आफ्नो सस्था स्थापनकालदेखि नै यस्ता कार्यक्रमहरु आयोजना गरिएको बताए ।स्वस्थ र मस्त रहन हेटौडामा अमृत अर्थात सोम साधना सम्पन्न

३२ वर्षदेखि साधना गर्दै आएका चन्द्रहरी कायस्थ (श्रीहरी)ले २ वर्षदेखि निरन्तर पाहाडको टुप्पोमा पुगेर समेत साधना गरिरहेका छन् । उनले पहिलो चोटी बुद्धपूर्णीमाको अवसरपारेर सर्वसाधारणलाई साधनामा समावेश गरेको जानकारी दिए । श्रीहरीले प्रत्यक व्यक्तिलाई आध्यात्मिक र मानसिक चेताना अभिवृद्धि गराउने उदेश्यले प्रत्यक महिनाको पूर्णिमाको दिन यस्तो खालको साधना गर्न गराउँन व्यक्ति संघ–संस्था र सम्बन्धित निकाय समेत अनुरोध गरे ।स्वस्थ र मस्त रहन हेटौडामा अमृत अर्थात सोम साधना सम्पन्न

विहानको समय र साझ ७ देखि ८ उदाउँदो चन्द्रमा(अमृत साधना अर्थात सोम साधना गरिएको बताउँदै साउन्ड हिलिङ्गलाई पनि साधनामा प्रयोग गरिएको साधक एंव प्रशिक्षक चन्द्रहरि कायस्थ (श्रीहरि)ले बताए । हेटौडामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सहितको उपस्थितीमा करिब ३५ जनालाई उक्त साधना गराइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.