भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वमूल्याङ्कन नतिजा सार्वजनिकमा ढिलाइ

स्वमूल्याङ्कन नतिजा सार्वजनिकमा ढिलाइ

राँझा । बाँकेका अधिकांश स्थानीय तहले संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा सार्वजनिक गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार देशभरका सबै स्थानीय तहले आफूले गरेका कामको आफैँ समीक्षा गर्नु पर्ने नीतिगत प्रावधान रहेको छ । जिल्लाका आठ स्थानीय तहमध्ये जानकी गाउँपालिकाले मात्र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतीजा सार्वजनिक गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकासहित अन्य सात स्थानीय तहले नतीजा सार्वजनिक गर्न नसकेको संस्थागत क्षमता स्वमूल्याङ्कनका स्वतन्त्र विज्ञ डिल्ली बिसीले जानकारी दिए ।

उहाँका अनुसार बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकासहित छ गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्याड्कनको प्रशिक्षण सम्पन्न गरेका छन् । कोहलपुर नगरपालिकाले हालसम्म संस्थागत क्षमता स्वमूल्याड्कन प्रशिक्षण गर्न सकेको छैन । अन्य पालिकाले प्रशिक्षण गरे पनि सोको नतीजा सार्वजनिक गर्न सकेका छैनन् । जानकी गाउँपालिका बाँकेको पहिलो संस्थागत क्षमता स्वमूल्याड्कन नतीजा सार्वजनिक गर्ने पालिका भएको छ । जानकीले १०० अङ्कभारमा जम्मा प्राप्ताङ्क ४३ दशमलव २५ प्रतिशत अङ्कभारसहित नतीजा सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले यो पहिलो अभ्यास भएकाले प्राप्त नतीजा सोचेअनुसार नभएको बताउनुभयो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याड्कन कार्यविधि, २०७७ ले हरेक पालिकाले पुस मसान्तसम्म गत आर्थिक वर्षको संस्थागत क्षमता स्वमूल्याड्कन गर्नु पर्ने व्यवस्था गरेको छ । यसमा स्थानीय तहले गरेका काम आफैँ स्वमूल्याङ्कन गर्ने र आफैँ सार्वजनिक गर्न १० वटा विषय क्षेत्रका १०० सूचक र १०० अङ्कभारको व्यवस्था गरिएको छ । स्वमूल्याड्कन नतीजामा ८० अङ्कभन्दा वढी उत्कृष्ट, ६० देखि ७९ सम्म राम्रो, ४० देखि ५९ सम्म कमजोर, ४० भन्दा कम अति कमजोर मानिन्छ ।

 


Thali Mobile Pvt.Ltd.