भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

हरियो काठ कटान गरेको भन्दै समिल सिल

हरियो काठ कटान गरेको भन्दै समिल सिल

सिराह । सामुदायिक वनबाट हरियो काठ कटान गरेको भन्दै डिभिजन वन कार्यालय लहानले यहाँका एक समिललाई सिल गरेको छ । सामुदायिक वनभित्रको हरियो साल रुख अवैधरुपमा कटान गरी मिलमा ल्याएर चिरान गरिरहेको पाइएपछि कार्यालयले लहान नगरपालिका–३ स्थित राजकुमार समिललाई सिल गरेको हो ।

डिभिजन वन कार्यालय लहानका रेञ्जर देवेन्द्र पासवानको नेतृत्वमा खटिएको गस्ती टोलीले समिलमा साल जातको हरियो काठ चिरान गरिरहेका अवस्थामा बरामद भएपछि तत्काल समिलमा सिल गरिएको कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।

अवैध तरिकाबाट वनक्षेत्रभित्रको साल जातको हरियो रुख कटान गरी चिरान गरिरहेको अवस्थामा उक्त समिलबाट वन कर्मचारीको ३६ थान चिरानको ३६ दशमलव ५३ क्यूविफिट काठ बरामद गरेको उहाँले बताउनुभयो । सो क्रममा समिल सञ्चालक र कामदार वन कर्मचारीलाई देखेर फरार भएको थियो । सो सालको काठ स्थानीय गोविन्द मुरारी सामुदायिक वनबाट कटान गरी ल्याएको बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.