भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

सीमा सम्बन्धी अनाैपचारिक वार्ता प्रस्ताव

सीमा सम्बन्धी अनाैपचारिक वार्ता प्रस्ताव

काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न वार्ता थालनीको प्रस्ताव गरेका छन् ।

औपचारिक बैठकमा एजेण्डा नबनाएका मन्त्री ज्ञवालीले शुक्रबार नेपाल–भारत संयुक्त आयोगको बैठकबस्नु अघि सो प्रस्ताव गरेका हुन् । दुई देशको परराष्ट्र सचिवस्तरीय संयन्त्रको वैठक वा सीमामा केन्द्रित रहेर अन्य कुनै वार्ता थालनी गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर भारतीय विदेशमन्त्रीले यस सम्बन्धमा ठोस जवाफ दिन मानेनन् ।

आयोगको वैठकबाट सीमा सम्बन्धी विषयलाई एक कदम अगाडि लैजाने नेपालको तयारी थियो तर आयोगमा यसलाई कुनै एजेण्डा नै बनाइएन् ।

त्यसैगरी कालापानी र सुस्ताबाहेक अन्य ठाउँमा रहेका सीमा सम्बन्धी समस्या समाधान गर्ने र आवश्यक परेमा कालापानी र सुस्तामा पनि प्राविधिक सहयोग गर्ने म्यान्डेट पाएको बाउन्ड्री वर्किङ ग्रुपको काम र यसको वैठकको बारेमा पनि आयोगको बैठकमा छलफल भएन् ।

गएको नोभेम्बरमा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगलाको भ्रमणदेखि नै सिमा सम्बन्धी छलफल भएको भनी एक अमूर्त वाक्य उल्लेख गर्नेबाहेक सीमा विवादको सम्बन्धमा केही प्रक्रिया अगाडि बढेको छैन ।

 


Thali Mobile Pvt.Ltd.