भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

हरेक दिन कोरोना संक्रमण बढ्दै गएपछि प्रहरीमा तनाव

हरेक दिन कोरोना संक्रमण बढ्दै गएपछि प्रहरीमा तनाव

काठमाडौँ । निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा संक्रमणको ग्राफ ह्वात्तै बढ्दै गएपछि तनावमा पुगेको हो । संक्रमित हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ ।

प्रत्येक दिन २३ जना प्रहरीमा कोरोना संक्रमण बढेको देखिएको हो । साउन ११ मा कोरोना संक्रमण भएर उपचार गराइरहेका प्रहरीको संख्या २४ मात्रै थियो । त्यसयताको दिनमा उपचाररत संक्रमित प्रहरीको संख्या ५ सय ८३ पुगेको छ । देशव्यापी रूपमा कोरोना संक्रमण तीव्र बन्दै जाँदा प्रदेश २ र ५ का प्रहरीमा संक्रमणको दर सबैभन्दा उच्च देखिएको छ ।

प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहले प्रहरीमा संक्रमण दर तीव्र देखिएकाले दैनिक ड्युटी समय पनि १२ देखि १४ घण्टाबाट बढाएर १६ देखि १८ घण्टा पुर्‍याइएको बताए ।

 


Thali Mobile Pvt.Ltd.