भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भूमाफियाको कब्जामा सार्वजनिक जग्गा

भूमाफियाको कब्जामा सार्वजनिक जग्गा

सिराहा । सार्वजनिक जग्गा भूमाफियाको कब्जामा रहेको तथ्य बाहिर आएको छ । गोलबजार नगरपालिका–९ स्थित किक्ता नम्बर ४२० को २ बिघा ९ कट्टा ३ धुर अर्बौं रुपैयाँ पर्ने जग्गा हो ।

सुकुम्बासीको नाममा ल्याएर त्यो जग्गा १७ वर्षपछि व्यक्ति नाममा सारिएको छ । जग्गाधनी दर्ता श्रेस्तामा ‘सुकुम्बासीलाई वितरण गरिएको जग्गाको हक हस्तान्तरण, बेचबिखन वा कुनै किसिमले दान, दातव्य वा धितो राख्न कम्तीमा १५ वर्षसम्म पाइने छैन’ भन्ने कुरालाई टेकेर भूमाफियाहरूले १७ वर्षपछि उपभोग गर्न खोजेपछि स्थानीयले जग्गा व्यक्तिको नाममा सारिएको भनेर थाहा पाएका हुन् ।

सार्वजानिक जग्गालाई निजी बनाइएको भन्दै स्थानीयहरू विरोध गरिहेका छन् । राजनीतिक पहुँच र पैसाको बलमा चलखेल गरेको भन्दै उनीहरूले जग्गामा नेपालको राष्ट्रिय झण्डा गाडेका छन् ।

 


Thali Mobile Pvt.Ltd.