हेटौंडा अपडेटः ३०१ मत खस्यो, ४४ जनाले मतदान गर्नै बाँकी

हेटौंडा अपडेटः ३०१ मत खस्यो, ४४ जनाले मतदान गर्नै बाँकी

हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा मतदान भइरहेको छ ।

भुटनदेवी माविमा भएको मतदानमा दिउसोसम्म ३०१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । तीनवटा मतकेन्द्रमध्ये प्रदेशसभा सांसदका लागि छुट्याइएको ‘क’ मा ८८ जनाले, स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्याइएको ‘ख’ मा १८९ जनाले र कोभिड संक्रमित मतदाताका लागि छुट्याइएको ‘ग’ मतकेन्द्रमा २४ जनाले मतदान गरेका हुन् ।

३४७ मतदातामध्ये विवेकशील साझाका तीन जनाले मतदान नगर्ने भएका छन् । दिउँसो ३ बजेसम्मको समय मतदानका लागि निर्धारण गरिएको छ भने अब ४३ जनाले मतदान गर्न बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.