काठमाडौं । कोरोना खोप सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई गुहारेका छन् ।
बिहीबार बेलायती राजदूत निकोला पोलिटसँग भएको भेटमा ओलीले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदानलगायतका बारेमा छलफल भएको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
