भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन

काठमाडौं । मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा उनले चलाएको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल ल्याइएको थियो ।

तर उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो । भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो । मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ।

दुर्घटनामा परी उनको ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.