भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन

काठमाडौं । मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा उनले चलाएको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल ल्याइएको थियो ।

तर उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो । भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो । मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ।

दुर्घटनामा परी उनको ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.