भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

दाङ । देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए । आज बिहान देहान्त भएको वडाध्यक्ष बिमबहादुर केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.