भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

१० वर्षमा पनि पूरा भएन

१० वर्षमा पनि पूरा भएन

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवस्था अहिले सम्मपनि उस्तै छ । समय थपिँदै जाँदा लागत ३५ अर्बबाट बढेर ८० अर्ब रुपैयाँ पुगिसकेको तर अबस्थामा कुनै परिवर्तन भएको छैन ।

बाँधस्थलबाट सुरुङमार्ग हुँदै पेनस्टक पाइपमार्फत पानी खसाल्ने ठूला पाइप जडान गर्ने जिम्मा पाएको भारतीय ठेकेदारका लापरबाहीले यो परियोजनामा बाधेढुंगो बनेको छ । जसका कारण पाँच वर्षमा सकिने राष्ट्रिय गौरवको योजनाको काम सुरु भएको ११औं वर्षमा प्रवेश गर्दा समेत पुरा हुन सकेको छैन ।

स्वदेशी लगानीको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएका कारण आयोजनाका अधिकारीहरूलाई दबाब भए पनि ठेकेदारले काम नगरिदिँदा आयोजना अझै अनिश्चित हुने चिन्ताले स्थानीयलाई सताएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गबाट भूमिगत विद्युत् गृहभित्र प्रवेश गर्दा आयोजनाको सिंगै विद्युत् गृह तयारी भइसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.