भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

११३ वर्षीया वृद्धाद्वारा मतदान

११३ वर्षीया वृद्धाद्वारा मतदान

दमौली । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गर्नुभएको छ ।पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । विसं १९६६ भदौ ६ गते जन्मिनुभएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गर्नुभएको हो । मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताउनुभयो ।

मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुग्नुभएको थियो ।यसैबीच जिल्लामा शान्तिपूर्णरुपमा मतदान प्रक्रिया चलिरहेको जनाइएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.