भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

रसुवामा २५ प्रतिशत मतदान

रसुवामा २५ प्रतिशत मतदान

रसुवा । आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले १०ः३० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

सांसद मोहन आर्चायले उत्तरगया गाउँपालिका वडा नं ५ को माझगाउँ केन्द्रबाट ९ः३० बजे मतदान गर्नुभएको मतदान अधिकृत नेत्रमणि न्यौपानेले जानकारी दिनुभयो ।
रसुवा जिल्लाको ५१ मतदान केन्द्रबाट मतदाता गर्ने मतदाताको सङ्ख्या ३८ हजार ५४५ जना बताइएको छ । मौसम सामान्य रहेकोले मतदानका लागि उत्साहपूर्वक मतदाता लामबद्व भएर आफ्ना मताधिकार प्रयोग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.