भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

११९ वर्षपछि पहिलोपटक भक्तपुर अस्पतालमा सञ्चालित आईसीयू सेवा बन्द

११९ वर्षपछि पहिलोपटक भक्तपुर अस्पतालमा सञ्चालित आईसीयू सेवा बन्द

भक्तपुर । स्थापना भएको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक सञ्चालनमा आएको बच्चाको आईसीयू सेवा बन्द भएको छ।

फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आईसीयू सेवा उनी सरुवा हुने वित्तिकै बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था थियो ।

भक्तपुर अस्पताललाई रिफर सेन्टर हुन बाट बचाउने उदेश्यले सञ्चालनमा ल्याइएको बच्चाको आईसीयू ससेवा मेसु सरुवा भएलगत्तै बन्द भएको कर्मचारी बताउछन् ।

तत्कालीन मेसु डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआईसीयू र १६ शय्याको अर्को आईसीयू सञ्चालनमा ल्याइएको भए पनि आफ्नो सरुवा भएको केही दिन पछि नै बच्चाको आईसीयू बन्द भएको सुन्दा दुःख मात्रै होइन पीडा भएको बताइन् ।

अस्पतालले बच्चाको आईसीयू सञ्चालन गर्न थप छ जना नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन गरेको थियो । उक्त बन्द गरिएको सेवा पुनः सञ्चालन ल्याएर सेवा दिन उनले आग्रह गरिन् ।

नमुनाका रुपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आईसीयू तत्काल सञ्चालनमा ल्याउनुपर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रेफर गर्ने कार्य रोक्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज गेलालले बताए।

अस्पतालले तयारी नै नगरी एनआईसीयू सञ्चालन गरेकाले बन्द गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर ढुङ्गेलले बताए।

 


Thali Mobile Pvt.Ltd.