भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

११ महिने बच्चाको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

११ महिने बच्चाको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ ।

शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रत्यारोपणका लागि बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका हुन । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा.डा. रमेश सिंह भण्डारीले बताए ।

उनकै नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । यो सहित अहिले सम्म पाँचौं कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । सानो उमेरमा भने यो पहिलो प्रत्यारोपण हो । प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली नेपाल आएको थियो ।

मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीमा सेवा रोकिएका थिए । महामारी सुरु भए यताको यो पहिलाे प्रत्याराेपणहाे ।

 


Thali Mobile Pvt.Ltd.