भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२० असोज देखि दशैंको अग्रिम टिकट बुकिङ, व्यवसायी भने छलफलमा

२० असोज देखि दशैंको अग्रिम टिकट बुकिङ, व्यवसायी भने छलफलमा

काठमाडौं । असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले प्रस्ताव गरेको छ । विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । विगत वर्षमा दशैंका बेला २० लाखले उपत्यका छाड्ने गरेको भएपनि यसपालि कोरोना महामारीले गर्दा दुई, तीनलाखले पनि मुस्किलले उपत्यका छोड्ने अनुमान विभागले गरेको छ ।

सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले भने असहमति जनाएका छन् । सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग व्यवसायीको छ ।

 


Thali Mobile Pvt.Ltd.