३५१७ संक्रमित थपिए, उपत्यकाकाे अवस्था भयावह हुदै

३५१७ संक्रमित थपिए, उपत्यकाकाे अवस्था भयावह हुदै

काठमाडौं । २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ रहेको छ ।

नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार ९५८ पुगेको छ । २४ घण्टामा थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ ।

उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १०७ जना पुरुष रहेका छन् भने ७८१ जना महिला रहेका छन् । काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.