भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डुंगा डुब्दा १४० को मृत्यु

डुंगा डुब्दा १४० को मृत्यु

सेनेगल । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एउटा डुंगा दुर्घटना हुँदा कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । आइओएमका अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।

सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो । डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।

राष्ट्रसंघीय आप्रवास संगठन आइओएमले पछिल्ला केही सातादेखि फ्रान्सको केनरी द्वीप पुग्ने लालशामा धेरै डुंगा सेनेगलबाट प्रस्थान गरेको जनाएको छ । युरोप प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि सेनेगलका तटीय इलाकाहरु निकै सक्रिय हुने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.