भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जुवाखालबाट नगद रु १२ लाख ४३ हजारसहित १५ जना पक्राउ

जुवाखालबाट नगद रु १२ लाख ४३ हजारसहित १५ जना पक्राउ

भक्तपुर, । प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरेको जानकारी दिए ।

उहाँका अनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन् । यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.