काठमाडौँ । नेपालमा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
१२ हजार ५८७ जनाको पीसीआर र ९६३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।
उपत्यकामा मात्रै १ हजार ५६१ संक्रमित थपिए
काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार १२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ जनामा गरी कुल १ हजार ५६१ जना थपिएको जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये २०–२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार २६७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
उमेर संक्रमित
०(९ वर्ष – ८९
१०(१९ वर्ष – २९५
२०(२९ वर्ष – १२६७
३०(३९ वर्ष – १२६०
४०(४९ वर्ष – ८७४
५०(५९ वर्ष – ५५२
६०(६९ वर्ष – २९०
७०(७९ वर्ष – ११६
८०(८९ वर्ष – ४०
९०(१०० वर्ष( ३
अज्ञात – ४५
