काठमाडौँ । निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । सडकमा सवारी चाप पातलो देखिएको छ ।
अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै गराउने खालको भएको र पासका आधारमा मात्रै हिँड्न पाउने व्यवस्था थियो । अहिले निषेधाज्ञा केही खुकुलो र आदेश पनि त्यहीअनुसारको भएकोले सहज देखिएको छ ।
आज ७ सय सवारी साधन कारबाही गरिइएको ट्राफिक प्रहरीको भनाइछ । तीमध्ये सबैभन्दा बढी काठमाडौँमा ४४१ रहेका छन् । प्रहरीले निषेधाज्ञा पालना नगर्नेलाई ‘होल्डिङ सेन्टर’ मा राखेर सम्झाइबुझाइ गरिरहेको छ ।
