अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रको क्षेत्रीय सम्मेलन र दोश्रो विज्ञ भेलाको पूर्व घोषित गोष्ठी ‘कोभिड(१९ को अवधिमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य‘ (Gender-based Violence & Mental Health during COVID-19 Pandemic) विषयक एनआरएनए भर्चुवल विज्ञ गोष्ठी अक्टोवर ३ तारिखमा सम्पन्न भएकाे छ ।
नेपाली समय अनुसार १७ असोज २०७७ शनिबार बेलुका ८ः४५ बजे सम्पन्न भएको साे कार्यक्रममा विज्ञहरूले ‘कोभिड-१९ को अवधिमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य’ का घटना संसारभर बढीरहेकाे बताए ।
राष्ट्रीय तथा अन्तराष्ट्रीय विज्ञ सहभागी गोष्ठीमा सभापति एनआरएनए आइसिसि सदस्य, हडसन् स्पिक्स एगेंस्ट सेक्सुअल भायोलेन्स (स्पिक सिस्टर) कोअर्डिनेटर तथा एड्वनकी संस्थापक अध्यक्ष डा.बिष्णुमाया परियारले सर्वसाधारण भन्दा पढेलेखेका शिक्षित परिवारका महिला बढी हिंसामा परेकाे बताएकी छन् ।
कार्यक्रममा माननीय सांसद तथा नेपाल संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिको सभापति निरा देवि जैरु, जर्सी सिटी शहरको काउन्सिल प्रेसिडेंट जोईस वाटरम्यान, युनएन वुमन जेनेरेसन ईक्वालिटी फोरमकि कोअर्डिनेसन स्पेशलिस्ट प्याट्रिसिया कोर्टेस, हडसन् स्पिक्स एगेंस्ट सेक्सुअल भायोलेन्सकि सिनियर प्रोग्राम कोअर्डिनेटर रोसियो क्रूज़ ओलिभेरा, रिकी मास्टर एवं ग्रिफ र ट्राउमा एक्सपर्ट क्लेयर स्वार्ज, बियोंड बेइजिङ्ग समिति नेपालकी सभापति शान्ता लक्ष्मी श्रेष्ठ, बेलायतकि सोसल ओर्कर लक्ष्मी राई, न्यू योर्कका अध्यागमन अधिवक्ता शिव खनाल र युवा नेतृ नेहा रायमाझीलगायतले हिंसाका घटना भुसकाे अागाेसरी सल्किएकाे बताएका छन्।
अमेरिकामा रहेका नेपालीहरू पनि हिंसामा परेकाे भन्दै भाषाकाे समेत समस्यामा परेकाे बताए । घरेलु हिंसा, विभेद, पावरकाे भरमा भइरहेकाे उनीहरूकाे जिकिर छ । महिला मात्र पीडित भनएकाे कतिपय ठाउँमा पुरूषपनि हिंसामा परेकाे तर्क उनीहरूकाे छ ।
कार्यकममा एनआरएनए आइसिसि महिला संयोजक भुमा लिम्बु, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्त, एनआरएनए आईसिसी उपाध्यक्ष रविना थापा, एनआरएनए आईसिसी सचिव गौरी जोशी, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय संयोजक राजन त्रिपाठीलगायतले समस्या जसरी बढिरहेकाे छ त्यसका विरूद्व सबै देश एकभएर अघि बढ्नु पर्ने बताए ।
त्यस्तै एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय उपसंयोजक राम सि पोख्रेल, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, एनआरएनए एनसिसी अफ अमेरिका अध्यक्ष सुनिल शाह, एनआरएनए एनसिसी अफ क्यानाडा अध्यक्ष चिरन्जिबी घिमिरे, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, एनआरएनए आईसिसी सदस्य यमुना भट्टराई र एनआरएनए आईसिसी सदस्य तृष्णा काफ्ले शर्मालगायतले धारणा राखेका थिए । सन् २०१९ कि मिस नेपाल युएसकि दोश्रो उप-बिजेता मेघा रौनियारले सहजिकरण गरेकाे कार्यक्रमकाे अमेरिकाबाट कैलाश खबर डट कमले प्रत्यक्ष प्रशारण गरेकाे थियाे ।
तस्बीरमा सहभागी…


