भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एउटै मण्डपमा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

एउटै मण्डपमा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

धनुषा । मिथिला नगरपालिका ३ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक अन्तरजातीय विवाह सम्पन्न भएको छ ।

आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह भएको हो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले बताए ।

विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका हुन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह भनिन्छ ।

यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छ । अन्तरजातीय विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको उपस्थिति अनिवार्य थियो । आइतबारदेखि दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.