भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एउटै मण्डपमा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

एउटै मण्डपमा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

धनुषा । मिथिला नगरपालिका ३ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक अन्तरजातीय विवाह सम्पन्न भएको छ ।

आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह भएको हो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले बताए ।

विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका हुन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह भनिन्छ ।

यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छ । अन्तरजातीय विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको उपस्थिति अनिवार्य थियो । आइतबारदेखि दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.