भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कमलपोखरीको मःम पसलमा ग्यास विस्फोट हुँदा १४ जना घाइते, ११ जनाको वर्न अस्पतालमा उपचार हुँदै

कमलपोखरीको मःम पसलमा ग्यास विस्फोट हुँदा १४ जना घाइते, ११ जनाको वर्न अस्पतालमा उपचार हुँदै

काठमाण्डौ । काठमाण्डौको एउटा मःम पसल ग्यास सिलिण्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् । कमलपोखरीमा रहेको मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट हँुदा १४ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको र ११ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । विहीबार बिहान पौने ९ बजेतिर भएको सिलिण्डर विस्फोटमा परी १४ जना घाइते भएको र उनीहरुको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्यास विस्फोटका कारण भुइँतलाको भवनमा समेत क्षति पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कमलपोखरीको सानदार मःम पसलमा ग्यास विस्फोट हुँदा कामदार घाइते भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.