भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अमेरिकामा कर्मचारीलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन तीव्र दबाब

अमेरिकामा कर्मचारीलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन तीव्र दबाब

एजेन्सी । अमेरिकमा राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएका हुन ।

अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो कदम चालिएको ट्रम्प प्रशासनले जनाएको छ । यो कार्यक्रममा सहभागी हुने वा नहुने निर्णय गर्न विहीबारसम्मको समय दिइएको छ ।

राष्ट्रपति ट्रम्पले कार्यालयमा फर्किन नचाहने सबै कर्मचारीलाई बिदाइ प्योकज दिने भन्दै आउँदो सेप्टेम्बरसम्मको तलब दिने घोषणा गरेका छन् । अहिलेसम्म २० हजार सङ्घीय कर्मचारीले सहमति जनाएको उल्लेख छ ।

मस्कले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाइरहेका छन् । अमेरिकी सरकारी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले भने सामूहिक राजीनामाको योजनालाई रोक्न मुद्दा दायर गरेका छन् ।

हालै सरकारी नियुक्ति पाएका उद्योगपति एलन मस्कले पछिल्लो दिनमा सरकारी कर्मचारीलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन तीव्र दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.