भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नेपालमा करका दरहरु धेरै तर करको सदुपयोग नभएको गुनासो

नेपालमा करका दरहरु धेरै तर करको सदुपयोग नभएको गुनासो

काठमाण्डौ । भारतको बजेटमा वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नु नपर्ने भएपछि नेपालमा पनि बहस सुरु भएको छ । भारतमा यसै हप्ता सार्वजनिक भएको बजेटमा आयकर छुट दिएपछि नेपालमा पनि यसबारे बहस शुरू भएको हो।

भारत सरकारले १२ लाख भारुसम्मको आयमा करमा नलाग्ने र अरु करमा समेत कमी ल्याएपछि नेपालमा पनि करबारे बहस हुन थालेको हो । नेपालमा करका दरहरु निकै धेरै भएको र करको सदुपयोगसमेत नभएको भन्दै विज्ञहरुले अब करका दरमा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो । भारत सरकारले यो बजेटमार्फत नागरिकलाई निकै छुट र सुविधा पनि ल्याएको छ । नेपालका करका दर दक्षिण एशियाकै महँगो भएको कर विज्ञहरुको भनाई छ । भारतले औषधिमा समेत कर कम गरेको छ ।  देशमै उद्योग कलकारखाना बढाउने भनेर कच्चा पदार्थको करमा कटौती गरेको छ ।

नेपालमा सबै प्रकारका करमा व्यापक पुनरावलोकन गर्न आवश्यम रहेकाले भारत एक वर्षमा १२ लाख भारु अर्थात् झण्डै २० लाख नेपाली रुपैयाँ कमाउनेलाई कर तिर्न नपर्ने बनाएको वेला नेपालमा २० लाख रुपैयाँसम्मको करयोग्य आयमा ३० प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्था रहेको विज्ञहरुको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.