भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

जनआन्दोलनको फल गणतन्त्र १७ वर्षमा, नागरिक अपेक्षा अझै अधुरा

जनआन्दोलनको फल गणतन्त्र १७ वर्षमा, नागरिक अपेक्षा अझै अधुरा

काठमाडाैं, १५ जेठ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ। २०६५ साल जेठ १५ गते संविधानसभाबाट निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गरी गणतन्त्रको घोषणा गरिएको थियो। नागरिकको त्याग, जनसङ्घर्ष र ऐतिहासिक जनआन्दोलनले ल्याएको यो परिवर्तन अहिले पनि मूल्यांकनको चरणमा छ।

गणतन्त्रले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समान प्रतिनिधित्व र नागरिक अधिकार सुनिश्चित गर्ने आधार तयार गरे पनि बेरोजगारी, महँगी, भ्रष्टाचार र सत्तामोहजस्ता समस्या यथावत् छन्। संविधानविद्हरूले लोकतान्त्रिक गणतन्त्रलाई राष्ट्र निर्माणको बलियो आधार मानेका छन्।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रभर सार्वजनिक बिदा दिइएको छ भने राष्ट्रपतिदेखि दलका नेतासम्मले नागरिकमा देखिएको निराशा हटाउन संयुक्त प्रयासको आवश्यकता औंल्याएका छन्। गणतन्त्र अब केवल शासन प्रणाली मात्र नभई नागरिकको जीवनशैली बन्नुपर्ने चुनौतीसहित अवसर पनि बोकेको छ।

 


Thali Mobile Pvt.Ltd.