भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ

विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ

मुख्य बुँदा 

काठमाडौँसहित विभिन्न जिल्लाबाट १९ जना पक्राउ।

खैरो हेरोइन, गाँजा, नाइट्राजेपाम र ट्रामाडोल बरामद।

काठमाडौँ, पर्सा, महोत्तरी, बारा, मकवानपुर, धनकुटा, कैलाली र रूपन्देहीमा कारबाही।

पर्साबाट २० किलो ६८७ ग्राम गाँजा बरामद।

नागढुङ्गाबाट ६५७ ट्याब्लेट नाइट्राजेपामसहित २ जना पक्राउ।

पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान जारी।

काठमाडौँ, ६ साउन । नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौँसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागुऔषधसहित १९ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–३१ प्रयागमार्गबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ६५७ ट्याब्लेटसहित दुई जना र पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको विहार राज्यको सितागढी पञ्चायतताल डुम्रा–३३ का ३४ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको हो ।

यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट खैरो हेरोइनसहित भारतको विहार राज्यको मधुवनी पञ्चायत मधवापुर–५ का २४ वर्षीय राजाकुमार मण्डल, बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरमा सञ्चालन गरिएको घुम्ती पसलबाट गाँजासहित २० वर्षीय सनोज पटेल, हेटौँडा उपमहानगरपालिका–१५ बाट खैरो हिरोइन ३९ वर्षीय आइतमान थिङ, सोही उपमहानगरपालिका–३ लेवट चोकबाट खैरो हिरोइनसहित २२ वर्षीय रबि स्याङ्तान र २४ वर्षीय सुजन स्याङ्तानलाई पक्राउ गरिएको हो ।

त्यसैगरी, धनकुटाको शहिदभूमि गाउँपालिका–१ पाङ्नामबाट ट्रामाडोल ३० ट्याब्लेटसहित भोजपुर हतुवागढी गाउँपालिका–९ का २३ वर्षीय हिलसन राई, कैलालीको टीकापुर नगरपालिका–८ सत्ति पुलबाट खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–१ का २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत, गौरीगङ्गा नगरपालिका–२ बाट खैरो हेरोइनसहित २८ वर्षीय कृष्ण साउद र २३ वर्षीय खेम साउद र रूपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडाबाट खैरो हेरोइनसहित सैनामैना नगरपालिका–१० सालझण्डीका ३१ वर्षीय सन्दीप पुनलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूलाई सम्बन्धित जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको जनाइएको छ । उनीहरू गत सोमबार र मङ्गलबार पक्राउ परेका हुन् । रासस

 


Thali Mobile Pvt.Ltd.