भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

लेबनान विस्फोटमा २० जनाको ज्यान गयो

लेबनान विस्फोटमा २० जनाको ज्यान गयो image

एजेन्सी । लेबनानमा २० जनाको ज्यान गएको छ । लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने वाकीटकीहरू विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको हो ।

केही विस्फोटनहरू मङ्गलवारका पेजर विस्फोटमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको मन्त्रालयले जनाएको छ । यसअघि गएको मङ्गलवार हिजबुल्लाह सदस्यहरूको पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको थियो । वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको र चार सय ५० जनाभन्दा धेरै घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजबुल्लाहको पकड क्षेत्र बेरुत, बेका उपत्यका, दक्षिणी लेबनान लगायतका क्षेत्रमा वाकीटकी विस्फोट भएको खबरमा उल्लेख छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासलाई सहयोग गरेको आरोपमा इजरायलले हिजबुल्लाहमाथि पनि आक्रमण गर्दै आएको छ । इजरायलका रक्षामन्त्री याभ गालान्टले ‘युद्धको नयाँ युग’ शुरू भएको बताएपछि इजरायली सेना पनि उत्तरी क्षेत्रमा तैनाथ गरिएको थियो ।

यसैबीच यो घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो खतराबारे चेतावनी दिँदै सबै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेका छन् ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । विस्फोटनको घटनाबारे इजरायलले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.