भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लेबनान विस्फोटमा २० जनाको ज्यान गयो

लेबनान विस्फोटमा २० जनाको ज्यान गयो

एजेन्सी । लेबनानमा २० जनाको ज्यान गएको छ । लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने वाकीटकीहरू विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको हो ।

केही विस्फोटनहरू मङ्गलवारका पेजर विस्फोटमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको मन्त्रालयले जनाएको छ । यसअघि गएको मङ्गलवार हिजबुल्लाह सदस्यहरूको पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको थियो । वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको र चार सय ५० जनाभन्दा धेरै घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजबुल्लाहको पकड क्षेत्र बेरुत, बेका उपत्यका, दक्षिणी लेबनान लगायतका क्षेत्रमा वाकीटकी विस्फोट भएको खबरमा उल्लेख छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासलाई सहयोग गरेको आरोपमा इजरायलले हिजबुल्लाहमाथि पनि आक्रमण गर्दै आएको छ । इजरायलका रक्षामन्त्री याभ गालान्टले ‘युद्धको नयाँ युग’ शुरू भएको बताएपछि इजरायली सेना पनि उत्तरी क्षेत्रमा तैनाथ गरिएको थियो ।

यसैबीच यो घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो खतराबारे चेतावनी दिँदै सबै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेका छन् ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । विस्फोटनको घटनाबारे इजरायलले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.