भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कम परिमाणमा सूर्यमुखी तेल बिक्री गरेको आरोपमा कम्पनी सञ्चालक पक्राउ

कम परिमाणमा सूर्यमुखी तेल बिक्री गरेको आरोपमा कम्पनी सञ्चालक पक्राउ

काठमाडौं, २५ बैशाख । सूर्यमुखी तेलमा तोकिएको भन्दा कम परिमाण राखेर बिक्री गरेको आरोपमा एक कम्पनीका सञ्चालक पक्राउ परेका छन् । प्रहरीले छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादन गर्ने ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री वितरण गरिएको आरोपमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।

ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित उद्योगबाट प्रहरीले ९०५ कार्टुन सूर्यमुखी तेलसमेत बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त ब्रान्डको तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखिएको सूचना पाएपछि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा मापदण्डभन्दा कम तौल भएको पुष्टि भएपछि थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.