भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

कम परिमाणमा सूर्यमुखी तेल बिक्री गरेको आरोपमा कम्पनी सञ्चालक पक्राउ

कम परिमाणमा सूर्यमुखी तेल बिक्री गरेको आरोपमा कम्पनी सञ्चालक पक्राउ

काठमाडौं, २५ बैशाख । सूर्यमुखी तेलमा तोकिएको भन्दा कम परिमाण राखेर बिक्री गरेको आरोपमा एक कम्पनीका सञ्चालक पक्राउ परेका छन् । प्रहरीले छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादन गर्ने ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री वितरण गरिएको आरोपमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।

ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित उद्योगबाट प्रहरीले ९०५ कार्टुन सूर्यमुखी तेलसमेत बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त ब्रान्डको तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखिएको सूचना पाएपछि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा मापदण्डभन्दा कम तौल भएको पुष्टि भएपछि थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.