भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बजारमा हानिकारक स्यानिटाइजर र मास्कको विकविगी

बजारमा हानिकारक स्यानिटाइजर र मास्कको विकविगी

काठमाडौं । बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन् । मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै नरोकिएको अनुगमनले देखाएको छ ।

कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गरेका तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा नगर्ने धेरै कम्पनी रहेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी बताए । केसीले भने, ‘बजार निरीक्षण गर्न गयौं। शंका लाग्यो। प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार एउट पनि पाइएन।’

मंगलबार व्यवसायीहरू फाइल केसीको टेबल भरी गुणस्तरहीन कम्पनीका फाइलमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेको भेटियो । स्यानिटाइजरको खोलमा ठेगाना र सम्पर्क नम्बरसमेत राखिनु पर्ने उपभोक्ताले भनिरहेका छन् । स्यानिटाइजर गुणस्तरीय छ कि छैन भनेर उपभोक्ताले पनि चेक गर्न पाउँने व्यवस्था हुनुपर्ने धेरैको भनाइ छ ।

उपभोक्ताले स्यानिटाइजर र मास्कको गुणस्तरबारे थाहा नपाएपनि स्वास्थ्यकर्मी भने डराई–डराई त्यसको प्रयोग गरिरहेको उदाहरण धेरै छ । विभागले कोरोना महामारी उत्कर्षमा रहेका बेला पटक–पटक अनुगमन गरी मापदण्डविपरीतका स्यानिटाइजर बरामद गरेको थियो । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा २० कम्पनीका उत्पादन प्रयोग गर्नै नहुने पाइएको थियो।

अहिले पनि त्यस्ता कम्पनीले गुणस्तरहीन सामग्री उत्पादन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीको भनाइ छ । इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धी स्तर २०७६ अनुसारको मापदण्डमा रहेर स्यानिटाइजर उत्पादन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, बजारमा गुणस्तरहीन मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री छ्यापछ्याप्ती छन्।

 


Thali Mobile Pvt.Ltd.