भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

बजारमा हानिकारक स्यानिटाइजर र मास्कको विकविगी

बजारमा हानिकारक स्यानिटाइजर र मास्कको विकविगी

काठमाडौं । बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन् । मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै नरोकिएको अनुगमनले देखाएको छ ।

कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गरेका तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा नगर्ने धेरै कम्पनी रहेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी बताए । केसीले भने, ‘बजार निरीक्षण गर्न गयौं। शंका लाग्यो। प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार एउट पनि पाइएन।’

मंगलबार व्यवसायीहरू फाइल केसीको टेबल भरी गुणस्तरहीन कम्पनीका फाइलमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेको भेटियो । स्यानिटाइजरको खोलमा ठेगाना र सम्पर्क नम्बरसमेत राखिनु पर्ने उपभोक्ताले भनिरहेका छन् । स्यानिटाइजर गुणस्तरीय छ कि छैन भनेर उपभोक्ताले पनि चेक गर्न पाउँने व्यवस्था हुनुपर्ने धेरैको भनाइ छ ।

उपभोक्ताले स्यानिटाइजर र मास्कको गुणस्तरबारे थाहा नपाएपनि स्वास्थ्यकर्मी भने डराई–डराई त्यसको प्रयोग गरिरहेको उदाहरण धेरै छ । विभागले कोरोना महामारी उत्कर्षमा रहेका बेला पटक–पटक अनुगमन गरी मापदण्डविपरीतका स्यानिटाइजर बरामद गरेको थियो । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा २० कम्पनीका उत्पादन प्रयोग गर्नै नहुने पाइएको थियो।

अहिले पनि त्यस्ता कम्पनीले गुणस्तरहीन सामग्री उत्पादन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीको भनाइ छ । इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धी स्तर २०७६ अनुसारको मापदण्डमा रहेर स्यानिटाइजर उत्पादन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, बजारमा गुणस्तरहीन मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री छ्यापछ्याप्ती छन्।

 


Thali Mobile Pvt.Ltd.