भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गणतन्त्रमा पनि समुदाय पछि पर्नु गलत हाे: पूर्व मन्त्री

गणतन्त्रमा पनि समुदाय पछि पर्नु गलत हाे: पूर्व मन्त्री

काठमाडाैं । गणतन्त्रमा दलित समुदाय अन्यायमा परिरहेकोले अब चुपलागेर बस्न नसकिने नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइलीले बताएका छन् । संविधान दिवस २०७८ को अवसरमा नेपाल सरकारद्वारा सम्मान स्वरुप प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका श्रीपाइलीले बारदली खबरसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

रुकुम पूर्वको भूमे गाउँपालिका ७ गुनाममा जन्मिएका नेता श्रीपाइलीले १० बर्षे जनयुद्धमा जनमुक्ति सेनाको नेतृत्व गरी राजनीतिमा होमीएका थिए । सरकारले दिएको पदकले देश र जनतामा थप सशक्त ढंगले समर्पित बन्न प्रेरित गरेको बताउँदै श्रीपाइलीले समुदायका निम्ति अझ खटिनु पर्ने धारणा राखे । विकट गाउँमा जन्मिएको मान्छेले पनि समाज परिवर्तनको चाहना राखेर लाग्यो भने त्यो संभव छ भन्दै उनले समाजमा थप समर्पित भएर लाग्ने बताए ।

सुन्दै र हेर्दै गर्नका लागि यहाँ क्लिक गरौं…

 


Thali Mobile Pvt.Ltd.