भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

गणतन्त्रमा पनि समुदाय पछि पर्नु गलत हाे: पूर्व मन्त्री

गणतन्त्रमा पनि समुदाय पछि पर्नु गलत हाे: पूर्व मन्त्री

काठमाडाैं । गणतन्त्रमा दलित समुदाय अन्यायमा परिरहेकोले अब चुपलागेर बस्न नसकिने नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइलीले बताएका छन् । संविधान दिवस २०७८ को अवसरमा नेपाल सरकारद्वारा सम्मान स्वरुप प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका श्रीपाइलीले बारदली खबरसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

रुकुम पूर्वको भूमे गाउँपालिका ७ गुनाममा जन्मिएका नेता श्रीपाइलीले १० बर्षे जनयुद्धमा जनमुक्ति सेनाको नेतृत्व गरी राजनीतिमा होमीएका थिए । सरकारले दिएको पदकले देश र जनतामा थप सशक्त ढंगले समर्पित बन्न प्रेरित गरेको बताउँदै श्रीपाइलीले समुदायका निम्ति अझ खटिनु पर्ने धारणा राखे । विकट गाउँमा जन्मिएको मान्छेले पनि समाज परिवर्तनको चाहना राखेर लाग्यो भने त्यो संभव छ भन्दै उनले समाजमा थप समर्पित भएर लाग्ने बताए ।

सुन्दै र हेर्दै गर्नका लागि यहाँ क्लिक गरौं…

 


Thali Mobile Pvt.Ltd.