भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

विपन्न बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

विपन्न बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

काठमाडौँ, । लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा क्लबले सहारा घरमा आश्रित विपन्न बालबालिकाका लागि खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले शनिबार चितवनको भरतपुर –१२ नौरङ्गीस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र सहाराको घर मा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको हो । सहाराको घरमा रहेका १८ बालबालिकालाई चामल, दाल, चिउरा, तेललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिए।

राजधानी काठमाडौँमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोभिड–१९ सङ्क्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई खाद्यान्न तथा लत्ताकपडा तथा आर्थिक सहयोग गर्दै आएको छ । विसं २०६९ मा एक जना अनाथ बालबालिका संरक्षण गरेर सुरु गरेको सहारा घरमा हाल चार वर्षदेखि १८ वर्ष उमेरका १८ जना बालबालिका संरक्षित रहेको सहारा घरकी अध्यक्ष कुसुम तिवारी सहारा ले जानकारी दिए ।

विदेशमा बसेका केही नेपाली तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा चलिरहेको सहारा घरमा लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले अतिआवश्यकरुपमा रहेको कम्युटर तथा बालिकाले प्रयोग गर्ने सेनिटरी प्याडलगायत शैक्षिक सामग्री कापी, कलम, विद्यालय झोला सहयोग गर्दा राहत भएको अध्यक्ष तिवारीले बताए।

 


Thali Mobile Pvt.Ltd.