भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

आक्रमण भए नयाँ रणनीतिसहित जवाफ दिने इरानको चेतावनी

आक्रमण भए नयाँ रणनीतिसहित जवाफ दिने इरानको चेतावनी

काठमाडौँ, ७ जेठ । इरान ले अमेरिकाबाट आफूविरुद्ध कुनै पनि सैन्य आक्रमण भए नयाँ रणनीति र नयाँ हतियारसहित जवाफ दिने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले अन्य देशको प्रभावमा आएर आक्रमण गरिए त्यसको कडा प्रतिकार गरिने जनाएको हो।

इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनिया ले इजरायली प्रभावमा परेर इरानविरुद्ध नयाँ कारबाही गरिए त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाबाट दिइने बताएका छन्। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफू शान्ति सम्झौताको सम्भावना जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने अभिव्यक्ति दिएका थिए। ट्रम्पको उक्त भनाइपछि मध्यपूर्व क्षेत्रमा तनाव कम हुने अपेक्षा गरिएको थियो।

तर इरानको पछिल्लो चेतावनीपछि क्षेत्रीय अवस्था पुनः तनावपूर्ण बन्न सक्ने चिन्ता बढेको छ। इरानी सेनाले आफ्नो वक्तव्यमा सम्भावित सैन्य कारबाहीको जवाफ पहिलेभन्दा अझ व्यापक र फरक शैलीमा दिन सकिने सङ्केत दिएको छ।

यद्यपि, इरानले प्रयोग गरिने भनिएका ‘नयाँ मोर्चा’ वा ‘नयाँ सैन्य रणनीति’ को स्वरूपबारे विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन।इरानको पछिल्लो अभिव्यक्तिसँगै मध्यपूर्वको सुरक्षा अवस्था र सम्भावित सैन्य सङ्घर्षलाई लिएर अन्तर्राष्ट्रिय चासो पुनः बढेको समाचारमा उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.