भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

कुनै पनि दिवस नारामा मात्रै सिमित हुनु भएन

कुनै पनि दिवस नारामा मात्रै सिमित हुनु भएन

काठमाण्डौ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मंगलबार ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित नेपालमा पनि यो दिवस मनाउन लागिएको छ ।

सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । यो दिवस विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालमा विपद्सम्बन्धी कानून र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कुल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदनअनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगन्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति वञ्चित छन् ।

प्रतिवेदनअनुसार नेपालको कुल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् ।

जनगणनाको प्रतिवदेनअनुसार कुल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् ।अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.