भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन |

इजरायली बन्धकहरू इजारायली आक्रमणबाटै मारिएको हमासको दाबी

इजरायली बन्धकहरू इजारायली आक्रमणबाटै मारिएको हमासको दाबी

एजेन्सी । ३३ जना इजरायली बन्धकहरू गाजापट्टीमा मारिएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण मारिएको जनाएको छ । इजरायली आक्रमणबाटै केही मारिएको र केही हराइरहेको हमासले दाबी गरेको छ ।

युद्ध रोक्ने निर्णयबारे धेरै ढिलो नगर्न हमासले नेतान्याहुलाई सुझाव दिएको छ । हमासले एक जना बन्धकको भिडियो सार्वजनिक गरेको थियो । हमासले इजरायली आक्रमणबाट बन्धकहरु मारिएको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ । केही भिडियोमा बन्धकहरुले घरपरिवारलाई आफ्नो अन्तिम सन्देश पठाएको सुनिन्छ ।

गाजामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निरन्तर नरसंहारको कारण थप बन्धकहरु पनि मारिने सम्भावना रहेको हमासले चेतावनी दिएको छ । गएको वर्षको अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ५० जनालाई बन्धक बनाएको थियो ।

त्यसको जवाफमा इजरायलले गाजा ध्वस्त हुनेगरी आक्रमण गर्दा झण्डै ४५ हजार जनाको ज्यान गइसकेको छ । भावनात्मक तनावका कारण धेरै पटक बोल्न रोकिएका इदान अलेक्जेन्डरले आफू ४ सय दिनभन्दा बढी समयदेखि बन्दी अवस्थामा रहेको बताउँदै इजरायली सरकार र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई गाजामा रहेका बाँकी बन्धकहरूको रिहाई सुनिश्चित गर्न आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.