भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पहिराेमा परी बेपत्ता भएका पाँच जना अझै भेटिएनन्

पहिराेमा परी बेपत्ता भएका पाँच जना अझै भेटिएनन्

गोरखा । धार्चे गाउँपालिका ५, सिङ्लास्थित रेसेमा पहिराेमा परी बेपत्ता भएका पाँच जना अझैसम्म पनि भेटिएका छैनन् । शनिवार राति भीषण पहिरामा बेपत्ता भएकाहको खोजी सुरु भएको करिब १३ घण्टासम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ । अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’ पहिराेले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनको भनाइ छ । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डिएसी श्रेष्ठको भनाइ छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.