भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

प्रदूषित गर्ने तीन उद्योगको गेटमा महानगरपालिकाले थुपारिदियो फोहोर

प्रदूषित गर्ने तीन उद्योगको गेटमा महानगरपालिकाले थुपारिदियो फोहोर

काठमाडौं । सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा वीरगञ्ज महानगरपालिकाले फोहर थुपारिदिएको छ ।

सरसफाइ टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वारमा फोहोर थुपारिदिएको हो । उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आज फोहरमैला खसाली दिएको वीरगञ्ज महानगर प्रहरी प्रमुख हरि भुसालले बताए ।

सिर्सियामा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दा पनि उद्योगी व्यवसायीले अटेर गर्दै आएका थिए । १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी दिएको थियो ।

तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम जारी रहने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.