भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

१० प्रतिशत आन्तरिक उत्पादन र ९० प्रतिशत गुलाब भारतबाट आयात

१० प्रतिशत आन्तरिक उत्पादन र ९० प्रतिशत गुलाब भारतबाट आयात

काठमाण्डौ । भ्यालेन्टाइन डेको समयमा मात्रै झण्डै ३ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको कारोबार हुने गर्छ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाब भारतबाट आयात हुने गरेको छ ।

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब आयात भएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार झण्डै तीन लाख ५० हजार वटा गुलाबको फूलको माग छ। कुल मागको ६० प्रतिशत काठमाण्डौ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाब देशका अन्य सहरमा खपत हुने गरेको छ । एउटा रातो गुलाबको मूल्य ८० देखि एकसय रुपैयाँसम्म पर्ने व्यापारीहरुको भनाई छ ।

प्रणय दिवस एक हप्ताअघिदेखि नै नेपालमा पनि मनाउने चलन रहेको हुँदा प्रेमको प्रतीक मानिने रातो गुलाबको फूलको माग र कारोबार बढ्ने भएकाले यो समयमा भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ ।

नेपालमा वैशाखदेखि गुलाबको फूल उत्पादन हुने र स्थानीय उत्पादनले नै बजारको माग धान्न सक्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.