भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

परम्परा र साहसको संगम: बोडेमा ‘जिब्रो छेड्ने जात्रा’ धुमधामसाथ सम्पन्न

परम्परा र साहसको संगम: बोडेमा ‘जिब्रो छेड्ने जात्रा’ धुमधामसाथ सम्पन्न

मध्यपुरथिमि । काठमाडौं उपत्यकाको मध्यपुरथिमि नगरपालिका–बोडेमा हरेक नयाँ वर्षको दोस्रो दिन मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि सांस्कृतिक उत्साहका साथ सम्पन्न भएको छ।

यो वर्ष जात्रामा बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेडेर परम्परालाई निरन्तरता दिएका छन्। पुराना पुस्ताबाट सुरु भएको यो साहसिक र धार्मिक परम्परा अहिले सुजनको काँधमा आइपुगेको हो।

परिवारको इतिहास हेर्ने हो भने, सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नवौँपटकसम्म यो जात्रामा भाग लिइसकेका छन्। उनीभन्दा पहिले उनका दाजु कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटकसम्म जिब्रो छेडेर यो परम्परालाई जोगाउँदै आएका थिए। अहिले तेस्रो पुस्ताका सुजनले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन्।

कठोर नियम र धार्मिक अनुशासन
जिब्रो छेड्ने जात्रा केवल परम्पराको अनुकरण मात्र होइन, यो धार्मिक निष्ठा, आत्मसंयम र साहसको परिक्षा पनि हो। जात्राको तयारी सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले विशेष प्रकारका नियम पालना गर्नुपर्छ।

उनीहरूले

चारदाम चढाउनु पर्छ,

महिलालाई वा अशुद्ध व्यक्तिलाई छुन हुँदैन,

जुठो, नुन वा सुतक लागेको खानु हुँदैन,

बोडे नगर क्षेत्र बाहिर जान निषेध हुन्छ।

यी नियमहरूले जात्राको आध्यात्मिक शुद्धता र सांस्कृतिक महत्त्व अझ प्रगाढ बनाउँछन्।

जात्राको सांस्कृतिक महत्त्व
‘जिब्रो छेड्ने जात्रा’ केवल एउटा देखिने साहसी कार्य होइन, यो नेवारी समुदायको सांस्कृतिक पहिचान हो। बोडेमा यो जात्रा वर्षैपिच्छे वैशाख २ गते मनाइन्छ र यो दिन हजारौँ श्रद्धालु र पर्यटकहरू बोडे पुग्ने गर्दछन्।

धार्मिक विश्वास अनुसार, यो जात्रा भूत–प्रेत तथा नकारात्मक शक्तिको नियन्त्रण, शुद्धता र जनकल्याणका लागि गरिन्छ। यो परम्परा पुस्तौँदेखि निरन्तरता पाइरहेको छ, जसले सांस्कृतिक जरा अझ गहिरो बनाएको छ।

 


Thali Mobile Pvt.Ltd.