भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

परीक्षाभन्दा बलियो आन्दोलनः स्थगित भयो कक्षा १२ को केन्द्राध्यक्ष गोष्ठी

परीक्षाभन्दा बलियो आन्दोलनः स्थगित भयो कक्षा १२ को केन्द्राध्यक्ष गोष्ठी

काठमाडौं । देशभर शिक्षकहरूको आन्दोलन चर्किँदै जाँदा त्यसको सिधा प्रभाव अब कक्षा १२ को वार्षिक परीक्षामा देखिन थालेको छ। राष्ट्रिय परीक्षा बोर्ड, हेटौंडा शाखाले वैशाख ३ गतेका लागि तय गरेको केन्द्राध्यक्ष अभिमुखीकरण गोष्ठी अनिश्चितकालका लागि स्थगन गरेको हो।

बोर्डले सार्वजनिक सूचना जारी गर्दै हालको परिस्थितिमा कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले गोष्ठी रोकिएको जनाएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीको निर्देशनअनुसार वैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षालाई सहज बनाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो।

“देशभर शिक्षक महासंघको आन्दोलन जारी छ। यस्तो संवेदनशील परिस्थितिमा गोष्ठी सञ्चालन सम्भव छैन भन्ने निष्कर्षमा पुगेका छौं,” बोर्डको सूचनामा भनिएको छ।

चैत २० गतेदेखि सुरु भएको आन्दोलनले विद्यालय तहमा पढाइ ठप्प पार्दै परीक्षा पूर्व तयारीलाई समेत प्रभावित पारेको छ। राजधानी केन्द्रित आन्दोलनले कक्षा १२ को व्यवस्थापनमा थप चुनौती थपेको देखिन्छ।

परीक्षार्थी अन्योलमा

विद्यालयमा नियमित पढाइ नहुँदा कक्षा १२ का विद्यार्थीहरू अन्योलमा परेका छन्। परीक्षा मिति नजिकिँदै जाँदा तयारीमा खलल पर्ने मात्र होइन, व्यवस्थापन पक्षमै अनिश्चितता बढेको छ।

शिक्षकहरूको माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने संकेत शिक्षक महासंघले दिएको छ। उता परीक्षा बोर्डले स्थगित गोष्ठीको नयाँ मिति चाँडै तोकिने बताएको छ।

 

 


Thali Mobile Pvt.Ltd.