भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एउटा नयाँ विधेयक अमेरिकी सिनेटमा पेस

एउटा नयाँ विधेयक अमेरिकी सिनेटमा पेस

एजेन्सी । एउटा नयाँ विधेयक अमेरिकी सिनेटमा पेस गरिएको छ । विधेयकमा फेन्टानिल चीन र मेक्सिकोबाट अमेरिकामा तस्करी हुने उल्लेख छ ।
यसले फेन्टानिलजस्ता लागू औषधको खतरासँग जुध्न उपायहरू सुझाव दिएको छ ।

विधेयकले फेन्टानिल लागूऔषधको तस्करीमा संलग्न पाइएका बैंकहरू जस्ता चिनियाँ–नियन्त्रित संस्थाहरू विरुद्ध प्रतिबन्धात्मक कारबाहीको आह्वान गरेको छ ।
विधेयकले अमेरिकी सरकारलाई औषधि बनाउन प्रयोग हुने रसायनहरू ट्र्याक गर्न पनि आह्वान गरेको छ । यो विधेयक सिनेटर जिम रीस र सिनेटर जीन शाहीनले पेस गरेका थिए ।

अमेरिकामा फेन्टानिल तस्करीको सबैभन्दा ठुलो स्रोत चीन भएको र यो मेक्सिकन ड्रग कार्टेलहरू मार्फत अमेरिकामा आपूर्ति भइरहेको रीसले भने । यो सबै चिनियाँ सरकारको इशारामा भइरहेको आरोप उनले लगाए । मेरिकामा फेन्टानिलका कारण हरेक वर्ष एक लाख अमेरिकीहरूको मृत्यु भइरहेको छ र यो अमेरिकाको दक्षिणी सिमाना हुँदै ठुलो मात्रामा तस्करी भइरहेको पनि रीसले भने ।

यसैबीच, सिनेटर शाहीनले फेन्टानिल लागूऔषधको तस्करी रोक्न अमेरिकाले आफ्नो पहुँचमा रहेको हरेक उपकरण प्रयोग गर्नुपर्ने बताए । तर, चीनले भने अमेरिकाको आरोप अस्वीकार गरेको छ । अमेरिकी सरकारले झूट बोलेको आरोप उसले लगाएको छ । फेन्टानिल औषधिको तस्करी रोक्नका लागि कठोर उपायहरू अपनाइरहेको पनि चीनले बताएको छ ।

फेन्टानिलकै कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र मेक्सिकोबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए । फेन्टानिल तस्करी रोक्न आवश्यक कदम चाल्न राष्ट्रपति ट्रम्पले चीन र मेक्सिकोलाई आह्वान गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.