भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

समुद्रको फेदमा कुल १ सय ६७ थरी वस्तुहरू फेला

समुद्रको फेदमा कुल १ सय ६७ थरी वस्तुहरू फेला

एजेन्सी । मानव गतिविधिबाट उत्पन्न प्लास्टिक फोहोर फेला परेको छ । भूमध्य सागर युरोपको सबैभन्दा गहिरो फोहोर फाल्ने ठाउँ बनेको नयाँ अध्ययनले देखाएको हो । समुद्रको फेदमा कुल १ सय ६७ थरी वस्तुहरू फेला परेकामा मुख्यतया प्लास्टिकका कन्टेनरहरू रहेका अध्ययनमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।

आयोनियन सागरको ५ हजार १ सय १२ मिटर गहिरो अर्थात् १६ हजार ७ सय ७ फिट तल क्यालिप्सो डीप सम्म उक्त ठाउँ भेटिएको हो । वातावरण संरक्षण निकायको प्रतिवेदन अनुसार हरेक वर्ष ८ देखि १२ मेट्रिक टन प्लास्टिक समुद्रमा फ्याँकिन्छ ।

अहिले विश्वभरका समुद्रको सतहमा १५ देखि ५१ ट्रिलियन प्लास्टिकका टुक्राहरू तैरिरहेका छन् । समुद्रमा भेटिएका फोहोरहरूमा ८८ प्रतिशत प्लास्टिकजन्य रहेका मरिन पोलुसन बुलेटिनमा प्रकाशित अध्ययनले खुलासा गरेको छ ।

फोहोरका कारण समुद्री जीव पनि मारिने गरेका र धेरै जीवहरू लोप हुने सङ्घारमा रहेका अध्ययनमा उल्लेख छ । फोहोरका कारण समुद्रमा पनि डेड जोन बनिरहेका छन् । डेड जोन भनेको यी समुद्री क्षेत्रहरूमा जीवनको सम्भावना समाप्त हुँदैछ भन्नु हो ।

 


Thali Mobile Pvt.Ltd.