भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

नियमित पाक्षिक सरसफाइअन्तर्गत चुपिंघाटमा सरसफाई

नियमित पाक्षिक सरसफाइअन्तर्गत चुपिंघाटमा सरसफाई

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा ५ स्थित चुपिंघाटको सरसफाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रसिद्ध बिस्का जात्रासँग जोडिएको तथा ऐतिहासिक महत्व बोकेको ल्योसिंख्य र चुपिंघाटको आजको सरसफाई रचनात्मक र सांकेतिक कार्यक्रम हो भन्नुहुँदै भनपाको अयोजनामा धेरै वर्ष अगाडि शुरु गरेको सरसफाई कार्यक्रमले मूर्त रुप लिंदै गएको तथा नगरको सौन्दर्यकरणमा टेवा पु¥याउँदै नगरलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरलाई अझ स्वच्छ र सुन्दर नगरको रुपमा विकास गर्न नगरको उत्तरमा रहेको खस्याङ खुसु· खोला र दक्षिणमा रहेको हनुमन्ते खोलालाई स्वच्छ बनाउनुपर्ने र त्यसको लागि नगरबाट बग्ने ढलहरुलाई प्रशोधन गर्न उपचार पोखरी बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सो ढल व्यवस्थापन र उपचार पोखरीको लागि अर्बौ रुपैंया बजेट आवश्यक हुने भएकोले नगरपालिकाले नेपाल सरकार र सम्बन्धित निकायहरुमा निरन्तर समन्वय गरिरहेको बताउनुभयो ।

उहाँले भनपा–७, हनुमानघाट नजिकैको उपचार पोखरी र सल्लाघारीस्थित २ वटा उपचार पोखरीहरु निर्माणाधीन रहेको बताउनुहुँदै ती उपचारपोखरीहरु सञ्चालनमा आएमा खोला प्रदुषणमा कमी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ऐतिहासिक पर्यटकीय नगरको रुपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउनुहुँदै साँस्कृतिक नगर भक्तपुरलाई जीवन्त राख्न साँस्कृतिक सम्पदाहरु जगेर्ना गर्ने कार्य गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं। ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले भक्तपुर नपाले गरिरहेको नियमित सरसफाईले भक्तपुर नगर र नगरबासीहरुलाई सफा नगर र नगरबासीको पहिचान दिलाउन सहयोग गरिरहेको चर्चा गर्नुभयो । कार्यक्रममा भनपा ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ८ का वडाध्यक्ष कृष्ण प्रसाद कोजूको पनि उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.