भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

राष्ट्रिय प्राणी उद्यानको जंगलमा आगलागी, ठूला क्षती हुनबाट जोगियो

राष्ट्रिय प्राणी उद्यानको जंगलमा आगलागी, ठूला क्षती हुनबाट जोगियो

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. ८ स्थित राष्ट्रिय प्राणी उद्यानको जंगलमा आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिन सफल भएपछि ठूलो क्षेती हुनबाट जोगिएको हो ।

आगलागीमा परेर करिब एक हेक्टर क्षेत्रफलको जंगलमा क्षेती पुगेको प्राणी उद्यानका प्रमुख भुपेन्द्र यादवले बताएका छन् । दिउसो लागेको आगो नियन्त्रणमा लिन जुद्धबारुण यन्त्रको दमकल तथा फायर फाइटरलाई करिब एक घण्टा समय लागेको प्रहरीले बताएको छ ।

आगलागि भएको खबर पाउनासाथ सुरक्षाकर्मीसहतिको टिम घटनास्थल पुगेर आगो नियन्त्रमा लिन सफल भएको स्थानीयले बताए । आगलागी भएको थाहा पाउनासाथ खबर गरेर छिटै नियन्त्रणमा लिन सफल भएको सव डिभिजन वन कार्यालय भक्तपुरका फरिस्टर रोषनी बुढाथोलीले बताइन् ।

गर्मी मौसम सुरु भएसंगै आगलागीका सम्भावना बढी नै हुने भएकाले सबै सचेतहुनु पर्ने सरोकारवालाले बताएका छन् । घटना कसरी घट्यो भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.