भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

असम छापा मार्न गएको प्रहरी टोली गुगल म्यापले नागाल्याण्ड पुर्‍यायो

असम छापा मार्न गएको प्रहरी टोली गुगल म्यापले नागाल्याण्ड पुर्‍यायो

नयाँ दिल्ली । ‘गुगल म्याप’ हेरेर असममा छापा मार्न हिँडेको भारतीय प्रहरी टोली नागाल्याण्ड पुगेको छ । असममा छापा मार्न हिँडेको प्रहरी टोलीले गुगल म्यापमा देखाइए अनुसार बाटो हिँड्दा नागाल्याण्ड पुगेको हो । असम प्रहरीको १६ सदस्यीय टिम एउटा कुख्यात अपराधी लुकेको सूचनापछि छापा मार्न हिँडेको थियो ।

गुगल म्यापमा देखाइएको बाटो ‘फलो’ गर्दै हिँड्दा मंगलबार राति नागाल्याण्डको मोकोकचुङ्ग जिल्लामा प्रहरी टोली पुगेको हो । अधिकांश प्रहरी सामान्य पोसाकमा थिए । उनीहरूसँग अत्याधुनिक हतियारसमेत थियो । मोकोकचुङ्गमा पुगेपछि स्थानीयले सम्भावित खतरालाई मध्यनजर गर्दै प्रहरीको टोलीलाई नियन्त्रणमा लिएर बन्धक बनाएको बताइएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार १६ जनाको टोलीमा तीन प्रहरीमात्र बर्दीमा थिए । बाँकीले सामान्य पोसाक लगाएका थिए । स्थानीयवासीले हतियारधारी समूह आएको भन्दै सो टोलीमाथि आक्रमण गरी नियन्त्रणमा लिएको उनको भनाइ छ ।

नागाल्याण्डमा स्थानीयवासीले प्रहरीको टोलीलाई बन्धक बनाएको सूचना पाएपछि असमको जोरहाट प्रहरीले तत्काल मोकोकचुङ्ग प्रहरीका अधिकारीसँग सम्पर्क गरी घटनाबारे जानकारी गराएका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयवासीको कब्जामा रहेका प्रहरीलाई उद्धार गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.