भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारी ठगी प्रकरणः रवि मुद्वाको आजै आदेश आउन सक्ने

सहकारी ठगी प्रकरणः रवि मुद्वाको आजै आदेश आउन सक्ने

पोखरा । सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज आदेश दिने सम्भावना छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेसँगै अदालतले थुनछेक आदेश दिनेछ । हाल अदालत उपस्थित गराइएका ७ जना प्रतिवादीहरुको तर्फबाट वकिलहरुको बहस बुधबार नै सकिएको छ ।

बुधबार नै जाहेरवालाका तर्फबाट पनि जवाफी बहस भइसकेको छ भने अब सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस मात्र हुन बाँकी छ । प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस सकिएसँगै जाहेरवाला तथा सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्ने व्यवस्था छ ।

अब बहस आखिरीमा पुग्दा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, पूर्व सांसद मीना गुरुङसमेतका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमै रिहा गर्ने भन्ने आदेशबारे सबैको चासोको विषय छ । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले राजधानीसँग भने, ‘आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र आज नै न्यायाधीश नीतिज राईको इजलासबाट थुनछेक आदेश आउन सक्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.